काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज शर्माविरुद्ध १६ उजुरी परेका छन् ।
समितिले उजुरी दिनका लागि तोकेको १० दिनको समयमा डा. शर्माविरुद्ध १६ उजुरी परेका सङ्घीय संसद् सचिवालयकी उपसचिव सावित्रा शर्माले जानकारी दिइन्।
संसदीय सुनुवाइ समितिको वैशाख २५ गते बसेको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो ।
उजुरी दिने समय आजसम्म थियो । अब जेठ ५ गते बस्ने समितिको बैठकमा सबै उजुरी खोलिने र अध्ययनका लागि सदस्यहरूलाई वितरण गरिने बताइएको छ ।
Artha Sanjal






