नेपाल प्रहरीका १४९ जना डीएसपीको एकैपटक सरुवा, को कहाँ पुगे ?(सूचीसहित)

काठमाडौँ। नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो।

प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ।

नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका र कमाण्ड सम्हालेका अधिकारीहरूलाई आवश्यकता र कार्यदक्षताका आधारमा विभिन्न स्थानमा पठाइएको हो।

यस सरुवासँगै उपत्यकाका विभिन्न प्रहरी वृत्त तथा देशका प्रमुख जिल्लाका प्रहरी कार्यालयका कमाण्डरहरू समेत फेरिएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भएका सबै अधिकारीहरूलाई तत्कालै आफ्नो नयाँ कार्यक्षेत्रमा खटिन र बरबुझारथ गर्न निर्देशन दिइएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *