काठमाडौं । माइडियाले नेपाली बजारमा १९८ लिटर हार्ड टप सिंगल डोर चेस्ट सार्वजनिक गरेको छ । माइडियाको चेस्ट फ्रिजरले शक्तिशाली फ्रिजिङ, ऊर्जा बचत र स्मार्ट सुविधाको उत्कृष्ट संयोजन प्रदान गर्ने जनाएको छ ।
माइडियाको यस मोडलमा रहेको डीप फ्रिजिङ टेक्नोलोजीले तापक्रमलाई –३० डिग्री सेल्सियससम्म पुर्याउन सक्षम बनाउँछ । जसले खाद्य सामग्रीको स्वाद, ताजापन र पोषण सुरक्षित राख्न मद्दत गर्छ । साथै, माइडियाको फास्ट फ्रिजिङ टेक्नोलोजीले खानेकुरालाई छिटो फ्रिज गरी लामो समयसम्म ताजा राख्ने सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ ।
माइडिया चेस्ट फ्रिजरमा समावेश गरिएको इनभर्टर क्वाट्रो टेक्नोलोजी ले कम बिजुली खपत, तीव्र कुलिङ र शान्त सञ्चालन सुनिश्चित गर्छ । केवल ३७ डेसिबल ध्वनि स्तर भएकाले माइडियाको यो फ्रिजर घर तथा व्यवसायिक दुवै प्रयोगका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ ।
त्यसैगरी, माइडियाको फोर साइड कुलिङ टेक्नोलोजी र डी+ कुलिङ सिस्टमले सम्पूर्ण भित्री भागमा समान रूपमा चिसोपन फैलाएर स्थिर तापक्रम कायम राख्छ । यसमा रहेको कनभर्टिबल सुविधा मार्फत आवश्यकता अनुसार फ्रिजर वा फ्रिज मोडमा सजिलै परिवर्तन गर्न सकिन्छ ।
नेपालमा हुने विद्युत् उतारचढावलाई ध्यानमा राख्दै माइडियाले यस फ्रिजरमा वाइड भोल्टेज सपोर्ट र आउटेज मेमोरी सुविधा पनि समावेश गरेको जनाएको छ । साथै, बिजुली अवरोध हुँदा पनि लामो समयसम्म चिसोपन कायम राख्न सक्ने क्षमता माइडियाको यस उत्पादनमा रहेको कम्पनीले जनाएको छ ।
आकर्षक घुमाउरो डिजाइन, मल्टि–एंगल होभर डोर र ठूलो भण्डारण क्षमतासहित आएको माइडियाको यो १९८ लिटर चेस्ट फ्रिजर आधुनिक भान्सा तथा व्यवसायिक प्रयोगका लागि भरपर्दो विकल्प बन्ने अपेक्षा गरिएको छ ।
सीजी इलेक्ट्रोनिक्समार्फत नेपाली बजारमा उपलब्ध माइडियाका वासिङ मेसिन, रेफ्रिजेरेटर, माइक्रोवेभ, एयर फ्रायर, भान्सासम्बन्धी उपकरण, पंखा, हिटर लगायत विभिन्न घरेलु विद्युतीय सामग्री उपभोक्तामाझ लोकप्रिय बन्दै गइरहेका छन् । आधुनिक प्रविधि, ऊर्जा बचत, शक्तिशाली कार्यक्षमता र टिकाउ गुणस्तरका कारण माइडिया उत्पादन नेपाली बजारमा भरपर्दो तथा विश्वासिलो ब्रान्डका रूपमा चिनिँदै आएका छन् ।






