काठमाडौं। अर्थमन्त्री वाग्लेले सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारको रणनीतिलाई आर्थिक रुपान्तरको प्रमुख आधारका रुपमा विकास गरिने बताएका छन्।
अर्थमन्त्री वाग्लेले बिहीबारको राष्ट्रिय सभाको बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्।
मन्त्री वाग्लेले भने, ‘हामी पाङ्गाको पुन र आविष्कार गर्ने आएका होइन नौँ हाम्रो अग्रज हरुले जुन उपलब्धिहरू ल्याउनु भयो त्यसैले लाई समृद्ध बनाउनको लागि हामी आएका हौँ।’
बाचा पत्रमा लेखिएका कार्यक्रमहरू लाई नै नीति तथा कार्यक्रम र आगामी बजेटमा हुबहु जस्तै उतार्ने संकल्पन गरेको अर्थमन्त्री वाग्लेले बताए।
सरकारले सुशासनको मुद्दालाई उठाएको यहाँहरू सबैलाई जगजाहेर नै रहेको उनको भनाइ छ।
नेपाली जनताले अभूत पूर्वक म्यानडेट दिएर अफूहरुलाई पठाएका छन् त्यसप्रति आफूहरु इमान्दार रहेको अर्थमन्त्री वाग्लेले बताए।






