प्रधानमन्त्री जवाफ दिन नआए बैठक बहिष्कार गर्ने हर्क साम्पाङको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राखेका छन् ।

बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले प्रधानमन्त्री उपस्थित भएर सांसदहरूको धारणा सुन्न र जवाफ दिनुपर्ने बताएका हुन् ।

‘म माग गर्न चाहन्छु, उहाँ (प्रधानमन्त्री) यहाँ उपस्थित भएर उहाँले छलफलमा सुन्नुभएन,’ उनले भने, ‘तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने मैले चाहीँ विश्वास लिएको छ ।’

यदी प्रधानमन्त्री उपस्थित नभए आफ्नो पार्टी बैठकबाट बाहिरिने उनले बताए ।

‘यदी उहाँ आउनुहुन्न भने श्रम संस्कृति बाहिरिनेछौं । हामीले अरुबाट सुन्नुपर्ने स्थिति होइन,’ उनले भने, ‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन । त्यसकारण उहाँले नै उत्तर दिनुपर्ने हुन्छ । काग कराइरहन्छ, पिना सुक्दै गर्छ भनेर हुँदैन ।’

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *