त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ ।

अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाह(बालेन)ले बज्राचार्यलाई जिम्मेवारी दिएका हुन् ।

अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएका थिए । विश्वविद्यालय पदाधिकारीविहीन भएपछि निमित्तको जिम्मेवारी वज्राचार्यलाई दिएको हो ।

यद्यपि, अध्यादेश जारी हुनुअघि नै प्राडा. दीपक अर्यालले त्रिविको उपकुलपतिबाट राजीनामा दिएका थिए । अर्यालसँगै शिक्षाध्यक्ष प्राडा. खड्ग केसी र रजिस्ट्रार प्राडा. केदारप्रसाद रिजालले पनि राजीनामा दिएका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *