एकै नेपाली अनलाइन प्लेटफर्मबाट १८० देशको भिसा आवेदन सेवा सुरु

काठमाडौं । नेपालमा पहिलो पटक एकै नेपाली अनलाइन प्लेटफर्ममार्फत १८० भन्दा बढी देशको भिसा आवेदन दिन सकिने ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा आएको छ । भेन्चर्स होलिडेज प्राविद्वारा प्रवद्र्धित उक्त प्लेटफर्म सार्वजनिक गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुजन पन्तका अनुसार प्रयोगकर्ताले एउटै लगइनमार्फत भिसासम्बन्धी जानकारी लिन र आवेदन दिन सक्नेछन् भने रियल–टाइम अपडेट र डकुमेन्ट प्रि–चेकिङ सुविधा समेत उपलब्ध हुनेछ ।

त्यस्तै यस प्रणालीमार्फत ईसेवा, कनेक्ट आईपीएस तथा डेबिट क्रेडिट कार्ड प्रयोग गरी नेपाली रुपैयाँमै भुक्तानी गर्न सकिने भएकाले डलर कार्डको आवश्यकता नपर्ने कम्पनीले जनाएको छ ।

पर्यटन क्षेत्रका जानकारहरूले यस्तो डिजिटल सेवाले भिसा प्रक्रियालाई सहज बनाउने बताएका छन् भने प्रविधि विज्ञहरूले डेटा सुरक्षा पक्षमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *