भरतपुरमा ५०० मत गन्न एक घण्टा लाग्ने

भरतपुर महानगरपालिकाको मतगणना आठ स्थानबाट गर्ने तयारी भएको छ ।

एक घण्टामा पाँच सय मत गणना गर्नेगरी जनशक्तिको व्यवस्थापन गरिएको निर्वाचन कार्यालय चितवनले जनाएको छ ।

भरतपुरमा १ लाख ८० हजार ५ सय ५३ मत खसेको थियो । भरतपुर महानगरपालिकामा २९ वडा छन् । मतगणनास्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतिनिधिहरू थोरै राख्ने र उनीहरूलाई कुर्सीमा नराख्ने सर्वदलीय छलफलमा सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *