पाथीभरा केबलकार परियोजना खारेजीकाे माग गर्दै आन्दोलन घोषणा

काठमाडौँ । स्थानीयको चाहनाविपरीत निर्माण गर्न लागिएको पाथीभरा केबलकार परियोजना खारेजी तथा मुन्धुमिस्थल मुक्कुमलुङको संरक्षणको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरिएकाे छ ।

बुधबार मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले काठमाडौँको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्दै आन्दोलनका चरणबद्ध कार्यक्रम घोषणा गरेका हुन्।

आन्दोलनकारीहरूले धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने मुक्कुमलुङ क्षेत्रको संरक्षण सुनिश्चित गर्नुपर्ने भन्दै केबलकार परियोजना तत्काल रोक्न सरकारसँग माग गरेका छन्।

उनीहरूले आफ्नो माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

व्यापारी चन्द्र ढकालले ताप्लेजुङको पाथिभरामा जबर्जस्ति निर्माण गर्न लागेको निजी परियोजनाको विवाद अझै रोकिएको छैन।

ढकालले पाथिभरामा केबलकार बनाउन जबर्जस्ती गर्न थालेपछि स्थानीयले मुक्कुमलुङ्ग सभ्यता तथा पहिचानको संरक्षण तथा पाथिभरा क्षेत्रलाई यथास्थितिमै राख्न माग गर्दै दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।

चन्द्र ढकालले राज्य प्रशासनको दुरुपयोग गरी स्थानीयमाथि बर्बर दमन गर्दा दर्जनौं स्थानीय घाईते भएका थिए भने सिंगो पाथिभरा आक्रान्त बनेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *