शिखर इन्स्योरेन्सको कुल व्यापार ४ अर्ब नाघ्यो, बीमा कोष ४० प्रतिशतले बढ्यो

काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्म ७ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो। यससँगै कम्पनीको नाफा ८०.२३ प्रतिशतले घटेको हो।

चुक्तापुँजी ३ अर्ब १० करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्म स्पेसल रिर्जभमा १ अर्ब ९५ करोड २९ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ४६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५ करोड ३६ लाख रुपैयाँ र अन्य इक्विटीमा ६० करोड ७७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको स्पेसल रिर्जभमा १ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ११ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २१ करोड ४ लाख रुपैयाँ र अन्य इक्विटीमा ५९ करोड ८३ लाख रुपैयाँ रहेको थियो।

यसैगरी कम्पनीको बीमा कोषमा ८ अर्ब ३३ करोड ३७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमा कोषमा ५ अर्ब ९५ करोड १५ लाख रुपैयाँ थियो। बीमा कोषको आकार ४०.०३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ४ अर्ब १ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क ७.५९ प्रतिशतले बढेको छ।

चालु वर्षको चैतसम्म कम्पनीले १ अर्ब ३० करोड ७४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले १ अर्ब २० करोड ८३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ८.२० प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३.०३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १६.३ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १८९.६० रुपैयाँ रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *