विद्यालयको हिउँदे र वर्षे बिदा कटौती, अब ३० दिन मात्रै

काठमाडौं । दुई दिन सार्वजनिक बिदा दिएपछि विद्यालयको हिउँदे र वर्षे बिदमा कटौती गरिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार साविकमा रहेको ४५ दिनको हिउँदे र वर्षे बिदालाई घटाएर ३० दिन कायम गरिएको हो। दुई दिन बिदा दिँदा पठनपाठनको समय अपुग हुने र पाठ्यक्रम पूरा गर्न कठिन हुने भएकाले यस्तो निर्णय गरिएको केन्द्रले जनाएको छ।

केन्द्रले विद्यालयहरूलाई प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय व्यवस्थापन गर्न निर्देशन दिएको छ। साथै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसम्बन्धी गतिविधि सञ्चालन गर्न भनिएको छ।

त्यसैगरी पहिलो र दोस्रो त्रैमासिकमा हुने आन्तरिक मूल्यांकन पठनपाठन भइरहेकै दिन वा पढाइमा असर नपर्ने समयमा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन उपयोग गर्न सकिने केन्द्रले उल्लेख गरेको छ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *