रास्वपा सांसद प्रसाईंको प्रश्न : तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध मुद्दा चलाउने केले रोक्यो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद रमेश प्रसाईंले जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका केपी ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध अदालतमा मुद्दा नचालएकोमा सरकारको आलोचना गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद प्रसाईंले जेनजी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली केवल औपचारिकतामा सीमित नभई सरकारको व्यवहारबाट पुष्टि हुनुपर्ने बताएका हुन्।

उनले भने, “जेनजी आन्दोलनका नरसंहारका अभियुक्तद्वय तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध अदालतमा मुद्दा बुझाउन आजसम्म सरकारलाई कसले अड्कायो ? प्रमाण पुगेन कि प्राथमिकतामा परेन ?”

विभिन्न आन्दोलनपछि गठन भएका मल्लिक आयोग, रायमाझी आयोगको प्रतिवेदन दराजमा थन्काइएको र लाल आयोगका प्रतिवेदन कार्यान्वयन नगरेर हरेक आन्दोलनका सहिदमाथि अन्याय भएको उनको भनाइ छ । प्रसाईंले उहिले बाजेको पाला र अहिलेको चाला उस्तै भयो भने हात्ती आयो फुस्सा हुने बताए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *