सुनको मूल्य तीन लाख नाघ्यो, कतिमा हुदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार हजार ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी प्रतितोला पाँच हजार ६९५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। सोमबार चाँदी प्रतितोला पाँच हजार ३४० रुपैयाँ खरिदबिक्री भएको थियो। पछिल्लो समय चाँदीको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *