काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वमन्त्री जगदीश खरेलले आफ्नो विरुद्ध भ्रामक र आधारहीन समाचार प्रकाशित गरेको भन्दै राजधानी दैनिक र केही सामाजिक सञ्जालविरुद्ध कानुनी कारबाही अघि बढाएका छन्।
उनले सोमबार प्रेस काउन्सिल नेपाल र नेपाल प्रहरीको साइबर ब्यूरोमा छुट्टाछुट्टै उजुरी दर्ता गराएका हुन्। सांसद खरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो बारेमा झुटा र कपोलकल्पित समाचार आएकोमा आपत्ति जनाएका छन्।
Artha Sanjal







