काठमाडौं। संघीय संसद्का दुवै अधिवेशन आजबाट सुरु हुँदै छ। बैठक दिउँसो २ बजे बस्नेछ।
बजेट अधिवेशनसमेत भनिने यसपटक दुई तिहाइ बहुमत नजिकको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम दुवै सदनमा पेस गर्नेछ।
आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम पेस गर्नेछन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा वैशाख २२ गते आजका लागि संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेका थिए।
यसअघि राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा वैशाख १० मा वैशाख १७ गते बस्ने गरी संघीय संसद्को अधिवेशन आह्वान गरेका थिए।
तर, त्यसको भोलिपल्टै सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरेका थिए।
सरकारले संसद् अधिवेशन स्थगन गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो। स्थगित संसद् अधिवेशन आजदेखि सुरु हुन लागेको हो।






