काठमाडौं । आज शेयर बजार बढेको छ । नेप्से परिसूचक ६.९४ अंकले बढेर २७१८.१६ को विन्दुमा बन्द भएको छ ।
आज ३३४ कम्पनीको शेयर किनबेच हुँदा २ अर्ब ९३ करोडको शेयर कारोबार भएको छ । आज १५५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनकिो घटेको छ ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको १४ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै स्वाबलम्बन लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले १२.१९ प्रतिशतका दरले कमाएका छन् । सिर्जनशिल लघुवित्तका लगानीकर्ताले ४.२९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले १३.२४ प्रतिशतका दरले गुमाएका हुन् ।






