बिपी राजमार्गको खुर्कोट-भकुन्डेबेसी सडकखण्ड साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

काठमाडौं । बीपी राजमार्ग अन्तर्गतको खुर्कोट-भकुन्डेबेसी सडकखण्ड साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार सूचना जारी गर्दै उक्त समयमा सवारी आवागमनमा पूर्णरूपमा रोक लगाइएको जनाएको छ ।

उक्त अवधिक पश्चात पनि वर्षा, रोशीखोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला अलपकालीन अवधिका लागि रोक लगाउन सकिने प्रशासनले जारी गरेको विज्ञप्तमा उल्लेख छ ।

बीपी राजमार्गको कटुन्जेबेसी (काभ्रे)-नेपालथोक (सिन्धुली) सडकखण्डमा यात्रा गर्नु पूर्व सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।

निर्माणाधीन बिपी राजमार्गको २८ किलोमिटरभन्दा लामो खण्ड रोशीखोलासँग जोडिएको छ । २०८१ असोज १०–१२ को वर्षापछि रोशी खोलामा आएको भेलबाढीले बिपी राजमार्ग क्षतविक्षत बनाएको थियो । हाल अस्थायी डाइभर्सनबाट सवारी आवागमन चलाइएको छ। स्थायी पुनर्निर्माणको काम पनि भइरहेको छ ।

सोमबार राति रोशी खोलामा एक्कासी बाढी आउँदाबीच खोलामा माइक्रो बसमा सवार ८९ जना यात्रुहरू फसेका थिए । ती सवारी साधन र यात्रीहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *