काठमाडौं । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्बेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।
आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई काठमाडौँको खुर्सानीटारबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता (एसएसपी) शिव कुमार श्रेष्ठले जानकारी दिए ।
हाल स्मार्ट टेलिकम बन्द रहेको छ । नवीकरण नगरेकोले २०८० वैशाख ३ गते अनुमति पत्र स्वत:रद्द भएको थियो ।
उक्त टेलिकमको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो । तर, उक्त सम्पत्ति बेइमानीपूर्वक सरकारको हक टुटाउने कार्य गरेको आरोप जोशीमाथि छ ।
Artha Sanjal






