नेपाल एयरलाइन्सको नक्सा त्रुटि विवादित, पोस्ट हटाउँदै भारतसँग माग्यो माफी

काठमाडौँ । नेपाल एयरलाइन्सले सामाजिक सञ्जालमा सार्वजनिक गरेको उडान नेटवर्कसम्बन्धी नक्सा विवादमा परेपछि उक्त पोस्ट हटाउँदै भारतसँग औपचारिक रूपमा माफी मागेको छ।

नेपाल एयरलाइन्सले प्रयोग गरेको नक्सामा भारतीय भूभाग जम्मु–कश्मिरलाई पाकिस्तानमा समावेश गरिएको थियो ।

सामाजिक सञ्जालमै भारतीयले उक्त पोस्टबारे व्यापक आलोचना गरेपनि नेपाल एयरलाइन्सले माफी माग्दै विवादित पोस्ट हटाएको हो ।

‘हाम्रो सामाजिक सञ्जाल च्यानलहरूमा हालै सार्वजनिक भएको नेटवर्क नक्सामा भएको त्रुटिका लागि हामी हार्दिक माफी चाहन्छौँ,’ नेपाल एयरलाइन्सले सामाजिक सञ्जालमा लेखेको छ ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *