काठमाडौँ । सोपान फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले गत बैशाख ३ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३४ करोड ७४ लाख ९० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३४ लाख ७४ हजार ९०० कित्ता साधारण शेयर सर्वसाधारण शेयरधनीहरुका लागि निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २७ लाख ३० हजार ९८७ जनाले दुई करोड ९९ लाख ६ हजार ५२० कित्ता शेयरको लागि आवेदन दिएका थिए।
मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार तीन लाख ४७ हजार ४९० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
Artha Sanjal






