प्रि ओपन सेसनमा साढे ६ अंक बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढेर बन्द भएको छ।

यस दिन सो सेसनमा ६.५० अंक बढेर २७९५.२१ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ६७ स्टकको १८४ पटकको कारोबारमा २ करोड ३० लाख १६ हजार ८८५ रुपैयाँ २० पैसाबराबरको २५ हजार ९४४ कित्ता शेयर खरिदबिक्री भएको छ।

जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने ३४ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *