नेप्सेले सीडीएससी सीईओ प्रविन पन्दाकलाई बोलायो फिर्ता

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले सीडीएस एण्ड क्लियरिङकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रविन पन्दाकलाई फिर्ता बोलाएको छ । नेप्सेको शुक्रबारको सञ्चालक समितिले सीडीएससीको सीइओ पदमा रहेकी नेप्से कर्मचारी पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

नेप्से सञ्चालक समितिको बैठकले पन्दाकलाई सीडीएससीको जिम्मेवारीबाट मुक्त गर्दै पुनः नेप्सेमै फिर्ता बोलाउने निर्णय गरिएको एक सञ्चालकले जानकारी दिए । यससँगै पन्दाकको ठाउँमा अर्को नयाँ प्रतिनिधि पठाउने नेप्सेको तयारी रहेको छ ।

२०८१ पुस १४ गते पन्दाकलाई कार्यकारी प्रमुखमा नियुक्त गरिएको थियो ।

पन्दाकको यो नियुक्ति सुरुदेखि नै विवादित हुँदै आएको थियो । उनीमाथि पछिल्लो समय इन्टरनेशनल सेक्युटिरिज आइडिन्टिफिकेशन नम्बर (आइजिन)मा विवाद ल्याउने काम गरेको आरोप लागेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *