नेप्सेमा सिद्धार्थ बैंकको अग्राधिकार शेयर सूचीकृत, भोलिबाट कारोबारमा आउने

काठमाडौं । सिद्धार्थ बैंकको अग्राधिकार शेयर भोलि बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

नेपाल धितोपत्र बोर्डले बैंकलाई ३ अर्ब ५० करोड रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्कासन गर्न अनुमति दिएको थियो। सोहीअनुसार १०० रुपैयाँ अंकित दरका ३ करोड ५० लाख कित्ता ‘एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ संस्थागत लगानीकर्तालाई बाँडफाँट गरी आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गरिएको हो।

सूचीकरणको दोस्रो दिनबाट कारोबार सुरु हुने प्रावधानअनुसार भोलिदेखि यो शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ। तर यो शेयर केवल संस्थागत लगानीकर्ताले मात्र किनबेच गर्न पाउने व्यवस्था गरिएको छ।

सिद्धार्थ बैंकको यो अग्राधिकार शेयरमा संस्थागत लगानीकर्ताले नाफा भएको वर्ष मात्र ८.२५ प्रतिशत लाभांश पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *