काठमाडौं । आज शेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक २.९५ अंकले घटेर २८०४.१७ को विन्दुमा बन्द भएको छ ।
आज ३४२ कम्पनीको शेयर किनबेच हुँदा ७ अर्ब ८१ करोडको शेयर कारोबार भएको छ । आज १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेशनल हाइड्रोापवरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ३२ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोपावरको ३१ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै पाल्पा सिमेन्टका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । सूर्यकुण्ड हाइड्रो, शिखर पावरका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । झापा इनर्जीका लगानीकर्ताले १४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै होटल फरेष्ट इनका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १०.७५ प्रतिशतका दरले गुमाएका हुन् ।






