काठमाडौं । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीमा कार्यव्यवस्था परामर्श समितिको सदस्य संख्या घटाइएको छ।
प्रतिनिधि सभा कार्यव्यवस्था नियमावली २०७९ अनुसार कार्यव्यवस्था परामर्श समितिमा दलीय प्रतिनिधित्वका आधारमा पदेन सदस्य बाहेक बढीमा २१ जना सदस्य रहने व्यवस्था थियो। तर, हाल प्रतिनिधि सभाले तयार पारेको कार्यसञ्चालन नियमावली मस्यौदा समितिले उक्त संख्या घटाएर १५ जनामा सीमित गरेको छ।
नयाँ व्यवस्थाअनुसार दलीय प्रतिनिधित्वका आधारमा पदेन सदस्य बाहेक १५ जना सदस्य रहने व्यवस्था गरिएको छ। कार्यव्यवस्था परामर्श समितिसम्बन्धी प्रावधान नियमावलीको दफा १३ मा उल्लेख छ।
Artha Sanjal






