एभरेष्ट कलरले बैशाख १६ देखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले बैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता शेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । उक्तमध्ये १० प्रतिशतले हुन आउने ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता शेयर श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ । विदेशमा रहेका नेपालीहरुले बैशाख २२ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *