काठमाडौँ । वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट)बाट ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना यही चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ ।
‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ वा अन्य ‘श्रम’ सम्बन्धी भ्रमपूर्ण सूचानाले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने गरेको भन्दै विभागले ती सूचना तत्काल हटाउन निर्देशन दिएको हो ।
प्रचलित कानुन बमोजिम श्रम स्वीकृति सम्बन्धी कार्य विभाग र तोकिएका श्रम तथा रोजगार कार्यालयहरूबाट मात्रै हुने कानुनी व्यवस्था छ। विभागको निर्देशन पालना नगरेको पाइएमा वैदेशिक रोजगार ऐन, २०६४ र अन्य प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने व्यहोरा सूचनामा उल्लेख गरिएको छ।
Artha Sanjal







