२ हजार ६०० रुपैयाँले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतीतोला दुई हजार ६०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुनको मूल्य दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला चार हजार ८३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *