नेपाल बंगलादेश बैंकका कर्मचारीहरुले बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृतको कार्यलय घेराउ गरेका छन् । कर्मचारी समायोजनको विषयलाई लिएर नेपाल बंगलादेश बैंकका कर्मचारीहरुले गएको बिहिबार निमित्त प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई उनकै कार्यलयमा घेराउ गरेका हुन् ।
पूर्व समझदारी विपरित कर्मचारीहरुको समायोजन गर्न लागीएपछि कर्मचारी युनियनको नेतृत्त्वमा बैंकका कर्मचारीहरुले निमित्त सीईओंलाई घेरेका हुन्।
नबिल बैंकमा नेपाल बंगलादेश बैंकलाई मिसाउँदा नेपाल बंगलादेश बैंकका एजीएम भन्दा मुनिका कर्मचारीको पद तथा सुविधा यथावत रहनेगरि सहमति जुटेकोमा अहिले फरक कुरा आएपछि कर्मचारीहरु आन्दोलित भएका हुन्।
निमित्त सीईओको कार्यलय घेराउ गरेपछि उनले तत्कालै पुर्व सीइओं ढुंगानालाई समस्या समाधानको लागि गुहारेका छन् । ढुङ्गानाले आज शुक्रबार भर्चुअल मार्फत वेविनार गरेर असन्तुष्ट कर्मचारीहरुको माग सम्बोधन गर्ने प्रयास गर्ने जनाईएको छ।
नेपाल बंगलादेश बैंकबाट दुई कार्यकाल सकेर विदा भएका ढुंगानालाई नबिल बैंकको आगामी सीईओको रुपमा पनि हेरिएको छ। यसै कारण बंगलादेश बैंकभित्र कर्मचारी समायोजनको बिषयलाई लिएर भएको आन्दोलन मिलाउन ढुंगानालाई नै अगाडी सारिएको हो। नबिल बैंकको सीईओ हुने आंकाक्षाकै कारण नेपाल बंगलादेश बैंकका कर्मचारीहरुलाई बिदा गरेर वा जबर्जस्ति भीआरएस लिन लगाउने रणनीतिमा पाण्डे रहेको बैंकका कर्मचारीको आरोप छ।
एजीएम भन्दा मुनिका कर्मचारीलाई सहमतिमा आए भिआरएस दिएर पठाउने, सहमतिमा नआउने कर्मचारीलाई जागिर बाट नै बिदा गरिदिने मर्जर समितिको योजना एनबिका कर्मचारीलाई थाहा हुन आएपछि उनीहरु आन्दोलित भएका हुन्। नेपाल बंगलादेश बैंकका कर्मचारीलाई जबर्जस्ति भीआरएसमा वा विदाई गरे आफुहरुले चर्को आन्दोलन गर्ने कर्मचारीले बताएका छन्।
जबर्जस्ति भीआरएस लिन लगाए वा विदामा पठाउने निर्णय भयो भने वा पद र सुविधामा घटुवा गरेर कर्मचारी समायोजन भए नेपाल बंगलादेश बैंकका कर्मचारीहरुलाई धेरै ठुलो आर्थिक क्षति हुने ति कर्मचारीको भनाई छ।
नेपाल बंगलादेश बैंकका कर्मचारीहरुले पुर्व सहमति अनुरुपनै एजीएम भन्दा मुनिका कर्मचारीलाई सोहि पद र सुविधामा नबिल बैंकले प्राप्ति गर्नुपर्ने मागहरु राख्दै आएका छन् ।
यो पनि पढ्नुहोस
https://arthasanjal.com/archives/16395






