काठमाडौं। वैदेशिक रोजगार विभागले विभिन्न वैदेशिक रोजगार गन्तव्यमा पठाएर रोजगारी दिलाउने प्रलोभन देखाएर ठगी गर्ने ३४६ जनाको नाम सार्वजनिक गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहको निर्देशनअनुसार विभागले व्यक्तिगत रूपमा ठगी गर्नेहरूको नामावली सार्वजनिक गरेको हो।
विभागले वेबसाइटमार्फत सार्वजिक गरेको सूचीमा फागुन १७ गतेदेखि चैत १७ सम्म १ महिने अवधिमा ठगी गर्ने ३४६ भन्दा बढीको नाम प्रकाशन गरिएको हो।
Artha Sanjal






