काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन गर्ने भएको छ। केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचनको मिति तय गरेको हो।
बैठकले सहमहामन्त्री प्रकाश रसाइलीको संयोजकत्वमा मुना भुसाल र राजु कटुवाल सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ।
संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य र भरतबहादुर खड्काले दलको नेतामा दाबी गरेका छन् ।
Artha Sanjal






