बचतकर्ताको ५ अर्ब ५० करोड गायब पारेको आरोपमा गौतमश्री सहकारीका सिइओ रविन विष्ट पक्राउ

काठमाडौं । काठमाडौंको कुलेश्वरमा सञ्चालित गौतमश्री सहकारीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रविन विष्टलाई प्रहरीले पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सिफारिसमा प्रहरी प्रधान कार्यालयले पत्राचार गरेपछि विष्टलाई बिहीबार नियन्त्रणमा लिइएको हो।

समितिले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै सञ्चालकहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको थियो। सोही आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।

गौतमश्री सहकारीका सञ्चालकहरूले बचतकर्ताको करिब ५ अर्ब ५० करोड रुपैयाँ जोखिममा पारेको आरोप छ। सहकारीका अध्यक्ष रामबहादुर गौतम भने हाल फरार रहेका छन्।

सिइओ विष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौँले अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *