सागर लम्साल प्रकरणमा अभिनेत्री बर्देवाले भनिन्, ‘अपराधको कुनै पेसा र क्षेत्र हुँदैन’

काठमाडौँ । लोकप्रिय अभिनेत्री लक्ष्मी बर्देवाले कलाकारिता क्षेत्रभित्र हुने गलत कार्यका विरुद्ध मौन बस्न नहुने धारणा व्यक्त गरेकी हुन् । अभिनेता सागर लम्साल ‘बले’ विरुद्ध लागेको बलात्कारको गम्भीर आरोपका विषयमा सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

बर्देवा लेख्छिन्, -‘अपराधको कुनै पेसा , क्षेत्र हुँदैन । देखेर नदेखे जस्तो र सुनेर नसुने जस्तो गर्ने स्थितिबाट माथि उठ्न सके मात्रै मेरो पेसा भनेर खुसी हुने दिन आउँछ । पीडितको सुरक्षा गर्दै पिडकलाई कानुनी दायरामा ल्याइनु पर्छ। यथाशीघ्र छानबिन हुनेछ भन्नेमा विश्वस्त छु।’

लम्सालमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाएकी हुन् ।  पीडित युवतीले एक वर्ष अगाडी कार्यक्रमको सिलसिलामा अमेरिका आएका लम्सालले आफूमाथि बलात्कार गरेको बताएकी छिन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *