फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल २०२ र डिजेल १८२ रुपैयाँ पुग्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएको छ। १५ दिनमै १३ अर्ब ३० करोड रुपैयाँ घाटा हुने प्रक्षेपणपछि निगमले मूल्य समायोजन गरेको हो।

निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर १५–१५ रुपैयाँ वृद्धि गरेको जनाएको छ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेल १८२ रुपैयाँ पुगेको छ।

नयाँ वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ। यसअघि १८७ रुपैयाँ थियो ।

यी तीन ठाउँमा यसअघि डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँ लिटर रहेकामा अब १८२ रुपैयाँ पुगेको छ।

यस्तै पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८४ रहेकामा अब १९९ रुपैयाँ ५० पैसा पुगेको छ, भने डिजेल/मट्टितेलको मूल्य यसअघि प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर १७९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको तीव्र वृद्धि तथा आपूर्ति पक्षको दबाबका कारण आन्तरिक बजारमा मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ छ।

 मूल्य समायोजन नगर्दा १५ दिनमा १३ अर्ब २१ करोड रुपैयाँ घाटा हुने अनुमान निगमले गरेको थियो।

तर, अहिले मूल्य समायोजन गर्दा पनि निगमलाई ११ अर्ब ७१ करोड घाटा हुने देखिएको निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

नेपाल पूर्ण रूपमा आयातित इन्धनमा निर्भर रहेकाले भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *