काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा सांसद युवराज दुलाल नियुक्त भएका छन्।
पार्टीका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई उक्त पदमा नियुक्त गरेका हुन्। दलका नेता प्रचण्डले बिहीबार सङ्घीय संसद् सचिवालयका महासचिवलाई औपचारिक पत्र पठाउँदै दुलाललाई प्रमुख सचेतक नियुक्त गरिएको जानकारी गराएका छन्।
Artha Sanjal






