महेशलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट खारेज

काठमाडौं। एमाले सचिव महेश बस्नेतविरूद्ध बलात्कार मुद्दामा अनुसन्धान गरी कारबाही अघि बढाउने परमादेश माग्दै शोभा पाठकले दिएको रिट उच्च अदालत पाटनले खारेज गरेको छ।

बुधबार न्यायाधीश सोमकान्त मैनाली र केशव प्रसाद अधिकारीको इजलासले पाठकको रिट खारेज गर्ने निर्णय सुनाएको हो। पाठकले २ वर्षअघि बस्नेतविरूद्ध बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्।

उक्त जाहेरीमा अनुसन्धान गर्दा उचित प्रमाण फेला नपरेको भनेर जिल्ला सरकारी वकिल कार्यालयले तामेलीमा राख्ने निर्णय गरेको थियो। उक्त निर्णय विरूद्ध पाठक रिट लिएर उच्च अदालत पाटन गएकी थिइन्। त्यो रिटमा पनि खारेज भएको हो।

त्यसपछि पाठकले बस्नेतविरूद्ध पूरक जाहेरी दिएकी थिइन्। बलात्कार, भ्रूण हत्या गरेको भन्दै दिएको उक्त जाहेरीमाथि अनुसन्धान गर्दा पनि सरकारी वकिल कार्यालयले मुद्दा चलाउन नपर्ने भनेर निर्णय गरेको थियो। उक्त निर्णयविरूद्ध पाठक फेरि उच्च अदालत पाटन आएकी थिइन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *