खुकुरी रमको व्यापार चम्कियोः ७ महिनामै साढे ५ अर्बको कारोबार

काठमाडौं। खुकुरी रम को व्यापार चालु आर्थिक वर्षको ७ महिनामै ५ अर्ब ५० करोड रुपैयाँ नाघेको छ। आधिकारिक वितरक सगरमाथा मार्केटिङ ले रमसहित अन्य मदिराजन्य उत्पादनबाट यस्तो कारोबार गरेको हो।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल का अनुसार कम्पनीले गत वर्ष ६ अर्बभन्दा बढीको व्यापार गरेको थियो। जाडो मौसममा रमको माग उच्च हुने भएकाले वार्षिक कारोबारको अधिकांश हिस्सा यही अवधिमा हुने गर्छ।

कम्पनीको कुल व्यापारमा खुकुरी रमकै हिस्सा करिब ८७ प्रतिशत छ। नेपाल डिस्टिलरिज का उत्पादनमा निर्भर रहनु कम्पनीका लागि जोखिम मानिएको छ।

इक्राले कम्पनीको ‘ए–थ्रि’ रेटिङ पुनः पुष्टि गर्दै व्यापारमा स्थिर वृद्धि भए पनि नाफाको अधिकांश हिस्सा लाभांशमा वितरण हुँदा आन्तरिक तरलता कमजोर रहेको जनाएको छ। साथै, अन्तःशुल्क वृद्धि र नीतिगत परिवर्तनले भविष्यमा व्यापार र नाफामा दबाब पर्न सक्ने उल्लेख गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *