टिभिएसको नयाँ वर्ष अफर सार्वजनिक

काठमाडौं– TVS Motor Company का लागि आधिकारिक आयातकर्ता जगदम्बा मोटर्स ले नयाँ वर्ष २०८३ को अवसरमा ‘टिभिएससँग नयाँ वर्षको निरन्तर यात्रा’ अफर सार्वजनिक गरेको छ।

अफरअन्तर्गत टिभिएसका मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले दैनिक ५ वर्षसम्म पेट्रोल निःशुल्क जित्ने अवसर पाउनेछन्। साथै अधिकतम ५ लाख रुपैयाँसम्म छुट र न्यूनतम २ हजार ९६७ रुपैयाँबाट सुरु हुने इएमआई सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार अफर नगद, एक्सचेन्ज र फाइनान्स तीनै माध्यमबाट लागू हुनेछ। नयाँ वर्ष लक्षित यो योजनामार्फत ग्राहकलाई थप मूल्य र सहज स्वामित्व अनुभव दिने लक्ष्य राखिएको बताइएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *