महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौं ।  नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको मिसिल जिल्ला अदालतले फर्काइदिएको छ ।

धादिङकी शोभा पाठकले पहिल्यै तामेलीमा राखिएको मुद्दामा पक्राउ अनुमति माग गर्दै जिल्ला प्रहरी परिसर, भद्रकालीमा दायर गरेको निवेदनका आधारमा प्रहरीले अनुमति माग्दै पुनः मिसिल पेस गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय स्रोतका अनुसार न्यायाधीश ध्रुव कार्कीको बेन्चमा मिसिल पेस हुँदा अनुमति नदिइएको हो ।

एक चोटि तामेली गरिसकेकोमा मुद्दामा पक्राउ अनुमति दिन नमिल्ने भन्दै जिल्ला अदालतले मिसिल फिर्ता गरेको स्रोतले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *