कठमाडौं । नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । यसको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धमा माछापुच्छ्रे क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडले ३० लाख कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्नका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको हो ।
सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी, नेपाल सेरामिक इण्डष्ट्रीका तर्फबाट अध्यक्ष शम्भु नाथ झा सम्झौता पत्रमा हस्ताक्षर गरे ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो ।
Artha Sanjal






