नेकपा संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता सर्वसम्मत चयन भएका छन् ।

नेकपाका सांसद रमेश मल्लकाअनुसार आइतबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ९ सिट जितेको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *