काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अदालतमा भौतिक रूपमा उपस्थित गराउन नसकिने भएपछि भिडियो कन्फ्रेन्सिङमार्फत उपस्थित गराउने तयारी गरिएको छ।
स्वास्थ्य अवस्था कमजोर देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमै राखेर कानुनी प्रक्रिया अघि बढाउने तयारी भएको हो।
शनिबार भक्तपुरको गुन्डुबाट पक्राउ परेका ओली हाल अस्पतालमा उपचाररत छन्। चिकित्सकहरूले उनको स्वास्थ्य परीक्षणपछि तत्काल हिँडडुल गराउनु उपयुक्त नहुने सुझाव दिएका छन्। सोही सिफारिसका आधारमा सरकारी वकिलको कार्यालयले भर्चुअल माध्यमबाट अदालतमा पेश गर्ने तयारी थालेको स्रोतले जनाएको छ।
Artha Sanjal






