नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूले पनि शपथ लिने

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले १२:३४ बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गाेपनीयताकाे शपथ लिँदै छन् । शपथग्रहण समारोहमा सातवटा शंखबाट शंखनाद गरिनेछ ।

त्यस्तै, १०८ बटुकबाट स्वस्तिशान्ति वाचन र १६ बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिनेछ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले पनि शपथको तयारी भइरहेको बताए ।

नवनियुक्त प्रधानमन्त्री शाहसँगै मन्त्रीहरूले पनि शपथ लिनेछन् । मन्त्रीहरूकाे नाम लगभग टुंगाे लागिसकेकाे छ । राष्ट्रपति पौडेलले रास्वपाका वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)काे नेतृत्वमा आज नयाँ मन्त्रिमण्डल गठन हुँदैछ । जसमा प्रधानमन्त्रीसहित रक्षा मन्त्रालय र उद्योग मन्त्रालय आफैंसँग राखेका छन् ।

स्वर्णिम वाग्लेको सचिवालयले दिएको जानकारीअनुसार डा. स्वर्णिम वाग्ले अर्थमन्त्री, सुदन गुरुङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सोविता गौतम कानुनमन्त्री, सस्मित पोखरेल शिक्षामन्त्री, सुनील लम्साल भौतिक पूर्वाधार तथा यातायात, प्रतिभा रावल सामान्य प्रशासन/भूमि, सहकारी तथा गरिबी निवारण, सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, विराजभक्त श्रेष्ठ, ऊर्जा जलस्रोत तथा सिँचाइ, निशा मेहता, स्वास्थ्य तथा जनसंख्या, गनेश पौडेल संस्कृति/पर्यटन, डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना, दीपक शाह श्रम, रोजगार तथा सामाजिक सुरक्षा र गीता चौधरी कृषि तथा पशुपंक्षीमन्त्री बन्ने भएका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *