सुजुकीको इलेक्ट्रिक गाडी ई–भिटाराको बुकिङ खुला, सुरुवाती मूल्य ४९ लाख ९९ हजार

काठमाडौं । नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक सिजी मोटोकर्पले ५० लाखभन्दा कम मूल्य राखेर ई भिटारा एसयूभीको बुकिङ खुला गरेको छ । कम्पनीले पोखरामा आजदेखि सुरू भएको वाडा अटो शो २०२६ मा सार्वजनिक गर्दै बुकिङ सुरू गरेको हो ।

कम्पनीले सुरूवाती भेरियन्टको मूल्य ४९ लाख ९९ हजार तोकेर बुकिङ लिन थालेको छ । जापानी ब्राण्डको पहिलो इलेक्ट्रीक एसयूभी ई भिटारा कति भेरियन्टमा आउँछ भन्ने कम्पनीले जनाएको छैन ।

कम्पनीका अनुसार दुई ब्याट्री अप्सनमा आउने ई भिटारामा ४९ र ६१ किलोवाट आवरको ब्याट्री रहने छ । मोटर भने १०६ र १२८ किलोवाटको रहेको छ । सुजुकीको नयाँ ईभी टेक्नोलोजी र फिचरले भरिपूर्ण ई भिटारामा अगाडि र पछाडि नै ट्राइस्ल्यास डिजाइनको एलईडी डीआरएल दिएको छ । चार्जिङ पोर्ट भने फ्रन्टमा पाउन सकिन्छ ।

ई भिटारामा इन्टेरियरमा फ्लोटिङ ड्यूल स्क्रीन, अटोमेटीक क्लाइमेट कन्ट्रोल, ३६० डिग्री क्यामरा, टु स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, एडास सिस्टम, प्यानारोमिक सनरुफ, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, हिल डिसेन्ट कन्ट्रोल, हिटेड ओआरभीएम, वायरलेस फोन चार्जर लगायत फिचर छन् ।

मारुती सुजुकी ई–भिटाराको लम्बाइ ४२७५ एमएम, चौडाइ १८०० एमएम र १६३५ एमएमको उचाइ रहेको छ । यो ईभी २७०० एमएमको ह्वीलबेसमा बनेको हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *