लिपुलेकमाथि हस्तक्षेप नगर्न भारत र चीनलाई अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा भइरहेको गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ। संगठनले ती क्षेत्रमा कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त बन्द गर्न माग गरेको छ।

संगठनको केन्द्रीय समितिले जारी गरेको प्रेस वक्तव्यमा नेपाल–भारत–चीन सीमासँग जोडिएको लिपुलेक क्षेत्रमा भारत र चीनबीच पुनः सीमा व्यापार सञ्चालन गर्ने तयारीप्रति असन्तुष्टि जनाइएको छ। नेपाललाई जानकारी नदिई यस्तो प्रक्रिया अघि बढाउनु नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप भएको संगठनको ठहर छ।

वक्तव्यमा नेपाल सरकारको मौनताप्रति पनि असन्तुष्टि व्यक्त गर्दै राष्ट्रिय स्वाधीनता जस्तो संवेदनशील विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न सरकारसँग माग गरिएको छ। ऐतिहासिक तथ्य र प्रमाणका आधारमा उक्त भूभागमाथि नेपालको अधिकार स्थापित भएको उल्लेख गर्दै कुनै पनि किसिमको अतिक्रमण स्वीकार्य नहुने चेतावनी दिइएको छ।

संगठनले छिमेकी मुलुकहरूलाई नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा असर पर्ने गतिविधि नगर्न कडा चेतावनी दिँदै कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ। साथै, नेपाल सरकारले आफ्नो राष्ट्रिय हितको रक्षा गर्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *