युवा उद्यमका लागि स्टार्टअप कर्जा: १० हजार बढी आवेदन, ६०० परियोजना छनोट हुने

काठमाडौं – सरकारले युवा उद्यमलाई प्रोत्साहित गर्न सञ्चालन गरेको स्टार्टअप कर्जा कार्यक्रमअन्तर्गत करिब १० हजार ५०० आवेदन परेको छ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अनुसार, यीमध्ये दुई हजार बढी आवेदन भौतिक रूपमा र बाँकी विद्युतीय माध्यमबाट दर्ता भएका थिए।

सातै प्रदेशका ७७ जिल्लाबाट आएका परियोजनाको प्रारम्भिक मूल्यांकन एआई स्क्रिनिङ सफ्टवेयरमार्फत गरिएको छ।

अन्तिम चरणमा ६०० परियोजना छनोट गरी ३ प्रतिशत ब्याजदरमा बिनाधितो कर्जा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।

आर्थिक वर्ष २०८२/८३ का लागि यस कार्यक्रमका लागि ६६ करोड रुपैयाँ छुट्याइएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *