८ बीमा कम्पनीमाथि कारबाही, ६ वटालाई नगद जरिवाना

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीहरूलाई कारबाही गरेको छ । बीमा ऐनले निर्दिष्ट गरेका कानुनी व्यवस्थाहरू बमोजिम काम नगर्ने ती कम्पनीलाई कारबाही गरिएको हो ।

कारबाही पर्ने कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन लाइफ, ओरियन्टल इन्स्योरेन्स र एलियन्ट इन्स्योरेन्स ब्रोकरहरु रहेका छन्।

प्राधिकरणका अनुसार अधिकांश कम्पनीलाई जनही २ लाख रुपैयाँ जरिवाना गरिएको छ। एलियन्ट इन्स्योरेन्स ब्रोकरलाई भने नियम विपरीत कार्य गरेको ठहर गर्दै तीन महिनाका लागि निलम्बन गरिएको छ।

त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापालाई संस्थागत सुधारका लागि सचेत गराउने निर्देशन दिइएको छ।

बीमा ऐनअनुसार निर्देशन उल्लङ्घन गरेमा २ लाखदेखि ५० लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको प्राधिकरणले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *