कामना सेवा विकास बैंक र अशोका रेस्ट्रो तथा होटल अशोकाबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले चितवन, भरतपुरस्थित अशोका रेसोर्ट प्रालि तथा होटल अशोकासँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

उक्त छुटसम्बन्धी सम्झौतामा बैंकका तर्फबाट नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारी र होटलका प्रबन्ध निर्देशक अशोक अधिकारीले हस्ताक्षर गरेका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *