काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ८ बजे बैठक सुरु हुने भएको हो।
गत शुक्रबारबाट सुरु भएको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ।
साथै पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे पनि सदस्यहरूले धारणा राख्ने क्रम जारी छ। अधिकांश सदस्यले राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा पेश गरिरहेका छन्।
Artha Sanjal






