काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, यस दिन चाँदीको मूल्य तोलामा १८५ रुपैयाँ घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
Artha Sanjal






